Rashtriya Dainik

विनयी त्रिबेणी गाउपालिका ६ मा वडा स्तरिय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , ६ पुस

पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ को आयोजनामा वडा स्तरिय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार एक खेल सम्पन्न भएको छ ।

नारायणी गण्डकी साधारण तथा संस्कृत मावी त्रिबेणीको प्रांगणमा बुधबार एम्बिसन युवा क्लब रानिनगर र त्रिदेव युवा क्लब जिरो आडीबीच भएको भएको खेलमा एम्बिसन युवा क्लबले टस जितेर फिल्डिङ गरेको थियो ।

पहिलो ईनिंग्समा ब्याटिंग गर्दै त्रिदेव युवा क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

जवाफि ब्याटिंग गर्दै एम्बिसन युवा क्लब रानिनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६३ रन बनाउदा त्रिदेव युवा क्लब ८ रनले विनयी भएको म्याच एम्पाएर विवेक मल्लले जानकारी दिनुभएको छ ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको वडा स्तरिय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ र ७ बाट १२ वटा क्रिकेट टिमको सहभागिता रहेको खेल आयोजक समितिका समयोजक सुर्वण थापाले जानकारी दिनुभएको छ ।

ग्रामीण भेगमा खेलाइने क्रीकेट प्रतियोगितामा खेल सामाग्री, खेलाडीलाई चाहिने आवश्यक पोशाक र सुविधाको खाचो निकै चुनौतीपूर्ण रहेकोमा यसको सरोकारवाला निकायले उचित व्यवस्थापन गर्नुपर्ने पुर्व क्रीकेट खेलाडी प्रकाश कुवरले खेल समाप्तिपछि प्रतिक्रिया दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित