कपिलवस्तु /३० मंसिर भुस तथा परालमा लुकाई छिपाई राखेको अबैध काठ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गणेशपुर र सशस्त्र वि. ओ. पि. डालपुर कपिलबस्तुबाट प्रहरी निरीक्षक र स.प्र.नि को सयुक्त रुपमा खटिएको गस्ती टोलीले जिल्लाको बिजयनगर गाउँपालिका वडा न. ७ गेडुवाजोत स्थित राधेश्याम यादवको खेतमा रहेको भुस तथा परालमा लुकाई छिपाई राखेको काठ बरामद गरेको छ । उक्त बरामद सिसौ जातको काठ गोलिया १२ (बाह्र) (३९.५१ क्युफिट) अन्दाजी मुल्य १ लाख ६ हजार ६ सय ७७ रूपैयाँ बराबरको काठ फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो । ती काठ बारे थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी सव डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा पठाईएको प्रहरीले बताएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।