आजको राशिफल – Aajako Rashifal

२०७९ मंसिर १० गते, शनिवार, २६ नाेभेम्बर २०२२। मार्ग शुक्लपक्ष तृतीया तिथि। मूल नक्षत्र, १८ः४६ बजेदेखि पूर्वाषाढा। चन्द्रराशि– धनु ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल बढाउन सक्छ। सानातिना काममै अल्झनुपर्ने देखिन्छ। पहिलेका समस्या पनि दोहोरिन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका धाेका हुनेछ। तापनि प्रयत्न गर्दा चुनौती पन्छाएर लाभ उठाउन सकिनेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ। नयाँ काम थाल्न भने केही समय लाग्नेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा धेरै समय दिन नसकिएला। व्यावसायिक काममा सामान्य फाइदा हुनेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा शुभचिन्तकहरूको सल्लाह, सहयोगले फाइदा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। विचार नमिल्नाले आफन्त टाढा हुनेछन्। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। कामकाे चाप भने बढ्नेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। विभिन्न उपहार प्राप्त पाइएला। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप बढे पनि प्रशस्त धन आर्जन हुने समय छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समय दिन नसक्दा काम बिग्रन सक्छ। आकस्मिक खर्चले अर्थ अभाव हुनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तक समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि यात्राकाे साइत जुर्न सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ र साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका थप स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot