वीरगंज ३० कार्तिक
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेललाई महानगरपालिका वडा नं. १४ पिप्राका मतदाताहरुले भव्य रुपले स्वागत गरेका छन् । अपराध मुक्त र भ्रष्टाचार मुक्त अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई दुई वडावासीहरुले भव्य रुपले स्वागत गरेका हुन् ।
वीरगंज महानगरपालिका वडा नम्बर १४ का वडावासीहरुले स्वतन्त्र उम्मेदवारी दिनु भएका पटेललाई टिका माला लगाई भब्य रुपले स्वागत गरेको थिए । घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेल लगायतलाई स्थानीयहरुले हिन्दु धर्म मान्नेहरुका लागि शुभ मानिने दही र मिठाई खुवाउनुका साथै फुलको माला र टिका लगाई भव्य रुपले स्वागत गरेका थिए ।
पटेललाई आफ्नो क्षेत्रमा स्वागत गर्दै वडा भित्र घरदैलोमा समेत स्थानियले सहभागिता जनाएका थिए । मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा स“गै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनता उभिन थालेका छन् । वडा नम्बर १४ का मतदाताहरुका अनुसार आफुहरुले विभिन्न माध्यमबाट यस क्षेत्र बाट निर्वाचनमा सहभागी मतदाताहरुको गैर जिम्मेवार अभिव्यक्ती सुनेर आश्चर्यमा परेको जनाउंदै प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै रोज्ने बताएका छन । दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

