Rashtriya Dainik

सुरेन्द्र कुर्मीको घरदौलोमा जनसागर उर्लियो

वीरगञ्ज ३० कार्तिक : मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन पर्सा क्षेत्र नम्बर २ का जसपा–एमाले गठबन्धनका कार्यकर्ता सक्रियरुपमा लागिरहेका छन् ।

उनीहरु १७ कात्तिकदेखि दिनहुँजसो निरन्तर मतदाताको घरदैलोमा पुगी छाता सूर्य चिन्हमा मतदान गरी आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् । सो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभातर्फ सुरेन्द्र कुर्मी र प्रदेशसभातर्फ (क) मा रामनरेश यादव र (ख) मा हरेराम पटेल चुनावी मैदानमा छन् ।

चुनावी घरदैलो अन्तर्गत वीरगञ्ज महानगरपालि वडा २४ मा कुर्मी र पटेलप्रति जनसहभागि रहेको देखिएको छ । पर्सा क्षेत्र नं २ बाट गठबन्धनका साझा उम्मेदवार बनेका कुर्मी र पटेलले मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन् ।

घरदैलोका क्रममा स्थानीयले उम्मेदवारलाई फुलमालसहित स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए । चुनाव प्रचारका क्रममा जसपा–एमाले गठबन्धन कार्यकर्ताहरुले आफ्नो राम्रो माहोल देखेका छन् । त्यसैले आफ्ना तीनै जना उम्मेदवार विजयी हुनेमा गठबन्धन विश्वस्त देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित