वीरगंज –निर्वाचन नजिकिए संगै पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति जनसागर उर्लिएको छ । आज चुनावी घरदैलोको क्रममा जनताको पूर्ण साथमा डा.मधु मतदाताको घरदैलोमा पुगेर आफुलाई मतदन गर्न आग्रह गर्नुभएको जसपा पर्साका युवा नेता पवन सिंहले बताउनुभयो । क्षेत्र नम्बर ३ ( ख ) का जनताले आफै डा.मधुको पक्षमा आज मंगलबार मतदाताको घर घरमा पुगेर मत मागेको जसपा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभयो । निर्वाचन नजिकिए संगै डा.मधु प्रति मतदाताको रुझान झन बढ्दै गएको सतवरिया पोखरियाका स्थानीय बासिन्दा सुमिर साहले बताउनुभयो । डा.मधु फरक पेशाबाट आएको र अनुभबी एवम स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल गरेको हुदा मतदाता माझ लोकप्रिय हुनुभएको जनता समाजबादी पार्टी नेपाल पर्साका नेताहरुले बताएका छन । जसपा नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धन बाट डा.मधु पर्सा क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

