Rashtriya Dainik

शिक्षा,स्वास्थ्य,खानेपानी,मल,राेजगार र समृद्ध विकासका लागि काङ्ग्रेसलाई भाेट दिन अावश्यक छ : नेता कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , २९ कार्तिक

पश्चिम नवलपरासी क्षेत्र नं. २ का लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेदवार देबेन्द्रराज कण्डेलले नवलपरासीमा विकासको खाका आफूले नै कोरेको बताउनुभएको छ ।

आफू लामो समयदेखिको अनुभवी जनप्रतिधि भएकाले आफूले कोरेको विकासको खाकालाई मूर्त र अन्तिम रुप दिनको लागि आफू फेरी जनप्रतिनिधि हुन मैदानमा उत्रिएको बताउनुभयो ।


जिल्लाको पाल्हिनन्दन ,रामग्राम , सुनवल लगायतका क्षेत्रमा आयोजित घरदैलो तथा सभामा बोल्दै नेता कण्डेलले यस क्षेत्रको विकासमा आफू सांसद भएपछि धेरै काम गरेको बताउनुभयो ।

उहाँले रानीतिक एजेन्डा लिएर जनतासँग जानुपर्ने भन्दै तर अनावश्यक र अराजनीतिक कुराले जनतलाई दिग्भ्रमित नर्पान समेत चेतावनी दिनुभयो ।

महेशपुर भन्सारलाई ठूलो भन्सार स्थापनादेखि महेशपुर, भूताहा सडक निर्माण, अन्य ठूला सडक र पूर्वाधारलगायतका काम सम्पन्न भएको र विकासका लागि तय गरेका एजेण्डाबारे चर्चा गर्नुभएको थियो ।

सार्वजनिक भवन , सभाहल , सहकारी, स्वास्थ्य चौकी भवन निर्माण, यहाँको कृषि, पशुपालन, शिक्षा, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा धेरै योजनाहरु ल्याएको कतिपय सम्पन्न भइसकेको तर केही बाँकी रहेकाले त्यसलाई मूर्त रुप दिएर समृद्ध नवलपरासी निर्माण गर्ने मुख्य ध्येय रहेको बताउनुभयो ।

यश क्षेत्रमा प्राविधिक शिक्षाको रुपमा विकास गर्ने र विभिन्न पर्यटकीय ठाउँकाे गुरुयोजना अनुसार विकास गर्ने बताउनुभयो ।

उहाँले आफू प्रत्येक निर्वाचनमा तल्लोतहदेखि नै जनताले सिफारिस गरेर जनप्रतिधि बनेकोले कहिल्यै पनि जनमतको अपमान हुने काम नगरेको भन्दै जनप्रतिनिधिले जनताको मतको कदरगर्न सक्नुपर्दछ भन्नुभयो । उहाँले अहिलेसम्म जनप्रतिनिधि भएपछि सांसदको भूमिकामा कहिल्यै पनि सरकारी साधनस्रोतको दुरुपयोग नगरेको समेत बताउनुभयो ।

आफू नवलपरासीकै बासिन्दा भएकाले त्यस क्षेत्रको जनताको सुख, दुखमा सदैव साथ र सहयोगमा रहने बताउनुभयो । कण्डेलले गठबन्धनको पक्षमा मत दिन आग्रह गर्नुभयो ।

अहिलेको गठबन्धन असल विचार बोक्नेहरुबीचको गठबन्धन भएकाले परिवर्तन, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।

विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका बाँकी काम सम्पन्न गरेर आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित