Rashtriya Dainik

प्रदीप खड्काले नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीलाई मागे भोट

राष्ट्रिय दैनिक / नवलपरासी , २९ कार्तिक

अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेका छन् । मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए ।

सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । आयोजकले प्रदीपलाई मञ्चमै आसन ग्रहण गराएका थिए । लामो कपाल, कालो चस्मा र कोटमा सजिएका प्रदीप देउवा र प्रचण्ड पछाडिको लहरमा बसेका थिए ।

प्रदीपले आमसभालाई सम्बोधन समेत गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरे । यसअघि राजनीतिक विषयमा नखुलेका प्रदीपले यो चुनावमा गठबन्धनको पक्षमा आफूलाई खुलाएका हुन् । भारतबाट आएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन् ।


गत साता विनोद चौधरीका लागि माग्न अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि नवलपरासी पुगेका थिए । त्यसपछि केसीलाई निर्वाचन आयोगले कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित