Rashtriya Dainik

चितवनमा रवि लामिछानेको टोलीकाे गाडीमा ताेडफाेड

चितवन,२७ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी टोलीमाथि गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा चितवनको कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको पार्टीका नेता दीपक बोहराले बताए ।

उनका अनुसार रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धनका कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएका छन् ।

उम्मेदवार लामिछानेले आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्‍यालीमा सहभागी रहेको बताए ।

उनले यो आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको बताए ।

लामिछानेले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन् । उनी चितवन २ का उम्मेदवार हुन् । यस्तै सो क्षेत्रमा गठबन्धनबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र पार्टीले आक्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारी, भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतका समूह संलग्न रहेको दाबी गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित