कपिलवस्तु/ २६ कार्तिक
मंसिर ४ मा हुने आम निर्वाचनमा कपिलवस्तु ३ मा परिवर्तनको लहर चलेकै कारण नयाँले मौका पाउने सम्भावना बढी देखिएको छ । नयाँ मध्येका प्रदेश सभा सदस्य एक हुन कृष्ण प्रसाद पौडेल जो लामो समय काङ्ग्रेस पार्टीमा बिताएका छन । स्थानीय निर्वाचनमा अजय थापालाई राप्रपाको उम्मेदवार बनाएर पुरा टीम मिलेर जिताए त्यो समूह अहिले कृष्ण पौडेललाई जिताउने प्रयासमा छन । काङ्ग्रेसको उम्मेदवार नरहेको कारण काङ्ग्रेसीजन बाट पनि पौडेलले सहयोग पाउने अवस्था देखिन्छ । परिपक्व भइसकेकाकुनै किसिमको आरोप नलागेको , अवधी नेपाली थारु भाषा बुझ्ने पौडेललाई हरेक समुदायको नेतृत्व पंक्तिमा रहेकाहरु रुचाउँछन् भने पहिले जितेका नेता पाँच बर्ष गायब हुने निर्वाचन आए पछि मात्रै देखापरेकोले अब जनता परिवर्तन खोजेको र त्यो नयाँ अनुसार पौडेल नै भएको बुटहानियाका बालजी चौधरीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

