Rashtriya Dainik

रङ बदलेर आउनेको सफाई गरौ:चौधरी

राष्ट्रिय दैनिक / नवलपरासी , २६ कार्तिक
पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी बर्दघाट मा भएको सरसफाइ कार्यक्रममा सहभागी भएका छ्न।

उनले बाताबरण मात्रै सफाई नगरी राजनीतिक सफाई समेत जरुरी रहेको बताए।तपाईहरुले दुई किसिमका मान्छेहरू को सफाई गर्नु छ एक टुट फुटको राजनीतिक गर्नेको र अर्को रंग बदलेर आउनेहरूको सफाई गरेर बिकासको यात्रा अघि बढाउनु छ चौधरी भने।त्यसपछि केही गरौ भन्नेहरुको संगठित रुप एका तिर र चोला बदलिनेहरु अर्को तिर रहने चौधरीको भनाई थियो।

खराब तत्वहरुको सफाई गरी बलियो संगठन निर्माण गर्न जरुरी रहेको उनले बताए।२५ बर्ष सम्म जनता को भावना माथी खेलबाड गर्नेहरुको अब सधैलाई सफाई गर्नुस उनले भने ।

बर्दघाट ४ लक्ष्मीनगर टोलले आयोजना गरेको सरसफाई कार्यक्रममा उमेदवार चौधरी आफै कुचो हातमा बोकेर सडक सरसफाईमा उत्रिए पछि सबैको ध्यान चौधरी तर्फ केन्द्रित भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित