आजको राशिफल – Aajako Rashifal

२०७७ मंसिर २९ गते, सोमवार, १४ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, औंसी तिथि, ज्येष्ठा नक्षत्र, चन्द्रराशि– वृश्चिक।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गोपनीयता बाहिरिनाले काममा बाधा पर्नेछ। दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। वादविवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिवारजनको साथले उत्साहित भइनेछ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। कामबाट फुर्सदिलो भइनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आयआर्जन बढ्नुका साथै उपहारसमेत प्राप्त हुने समय छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य–चिन्ताले सताउन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुगिनेछ। प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतीक्षित नतिजाले कम दोहोर्याउनुपर्ने स्थिति निम्त्याउन सक्छ। मेहनतले परिस्थितिमा सुधार ल्याउन सकिनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले राम्रो लाभ दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। नयाँ काम प्रारम्भ हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर शुभचिन्तकहरूले अप्ठ्यारो पर्दा साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर पनि प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रतिष्ठित कामले नाम, दाम र इनाम दिलाउन सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शारीरिक कमजोरीले केही चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot