Rashtriya Dainik

सर्राफको सथर्मनमा युवा तथा ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता

वीरगंज, २५ कात्तिक ।
लौरो चुनाव चिन्ह लिएर पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका ओमप्रकाश सर्राफको चुनावी सभामा उत्साह जन सहभागिता देखिएको छ ।। वीरगंज महानगरपालिका वडा नं. १५ लक्षमणवामा बिहीबार राती आयोजित रात्रिकालिन चुनावी सभामा लौरो उम्मेदवार सर्राफको सथर्मनमा युवा तथा ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिताले देखिएको हो । लौरो उम्मेदवारप्रति युवाहरुको साथ र ज्येष्ठ नागरिकको आर्शिवाद तथा चुनावी सभामा देखिने उत्साहजनक जनसहभागिताले यस क्षेत्रमा बदलावको पक्ष बलियो देखिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको यस क्षेत्रबाट कडा प्रतिस्पर्धीको रूपमा चुनौति दिदै आएका उम्मेदवार सर्राफले रात्रिकालिन चुनावी सभालाई सम्बोधन गर्दै मधेशको राजधानीलाई साटासाट गर्दै मुख्यमन्त्री बनेका राउतले साइकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरू मतदातालाई बुझाउँदै लौरो छापमा भोट दिन आग्रह गरेका थिए ।
मधेशको हरेक धर्म संस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेश मार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहदै आएका लौरो उम्मेदवार सर्राफले वीरगंजको विकास र पहिचानको लागि आफूलाई जिताउन मतदातासँग अपिल गरेका थिए ।
चुनावी सभामा समाजिक अभियनताद्वय प्रकाश थारु, मदन गुप्ता लगायत ५ सयभन्दा बढि स्थानीयको जनसहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित