नवलपरासी , २५ कार्तिक
पश्चिम नवलपरासी सघिंय क्षेत्र १ का प्रतिनिधि सभाका स्वतन्त्र पदका उम्मेद्वार अजय शाहीले आसन्न मशिंर ४ गतेको निर्वाचन पछि यस क्षेत्रका दुई ठुला दल भनिएका उम्मेद्वारहरुले यस क्षेत्र बाट विदा लिने बताउनुभएको छ । शुक्रबार बर्दघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्र्दै शाहीले सो कुरा बताउनुभएको हो । कार्यक्रममा शाहीले नेपालकै डलर अर्वपति विनोद चौधरी सत्ता गठबन्धन नेपाली कांग्रेसको तर्फ बाट पाहुना उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएको तर उहाँले जनताको जनजिविकाको लागी भन्दा पनि आफ्नो व्यवसाय विस्तारका लागी आएको र अहिले पैसाकै बलमा चुनाव जित्छु दिवा सपना देखिरहेको हुदा यहाँका जनताले राम्रो संग बुझेकाले अब चौधरीलाई ४ गते पछी यस क्षेत्रबाट जनताले खाली हात विदा गर्ने धारणा राख्नुभयो । साथै उहाँले अर्वपति चौधरी यस अगावै विभिन्न दलबाट दुई दुई पटक समानुपातिक सांसद भएपनि आफ्नो क्षेत्रमा कुनै काम नगरेका कारण त्यहाका मतदाताले नपत्याउने हुदा चौधरीले पाहुना उम्मेद्वारको रुपमा यस क्षेत्रलाई आफ्नो चुनावी गढ बनाएको र गठबन्धनका कार्यकर्ताले समेत बुझिसकेकाले चौधरीलाई मत नदिने यहाँका मतदाताले निर्णय गरिसकेको समेत बताउनुभयो । साथै उहाँले यस क्षेत्रका अर्का उम्मेद्वार नेकपा एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठी पनि यस क्षेत्रबाट बारम्बार प्रतिनिधि भई मन्त्रि समेत बन्दा पनि यस क्षेत्रको समस्या समाधानका लागी कुनै पहल नगरेको र जनतालाई बारम्बार आश्वासन मात्रै दिदै आएकोले यसपाली मतदाताले त्रिपाठीलाई पनि आराम गर्न अवसर प्रदान गर्ने बताउदै स्वतन्त्रका नाममा पार्टी नै खोली अन्य नेता समेत यस क्षेत्रमा चुनावी माहोलमा रहेको हुदा वास्तविक स्वतन्त्र आफु मात्रै रहेकाले आगामी निर्वाचनमा यहाँका मतदाताले माछा चुनाव चिन्हमा छाप लगाई भारि मतले विजयी गराउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
सो सभामा विभिन्न दलका नेता कार्यकर्ता, तथा मतदाताहरुको बाक्लो उपस्थिती रहेको थियो । निर्वाचन आउन ९ दिन मात्रै बाकी रहदा जिल्लामा विभिन्न दलका उम्मेदवारहरुले विभिन्न ठाउमा चुनावी सभा तथा मतदाता भेटघाटमा ब्यस्त रहेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

