उत्तमकुमार थापा
प्रदेश सभा (ख) का प्रदेश उम्मेदवार भिम भण्डारी यतिबेला गाउँघरमा बेस्त छन ।
उनी लाेकतान्त्रीक गठवन्धनकाे बझाङ प्रदेश सभाका साँझा उम्मेदवार हुन । देशकाे परिवर्तन र बझाङकाे बिकास नेकपा माअाेवादीले गर्न सक्ने भन्दै उनले प्रदेश क्षेत्र नम्बर २ मा मतदाता सँग घरघरमा पुगेर मत मागिरहेको पाईन्छ ।
उम्मेदवार बनेका भण्डारी सँग निकै लाेकप्रिय नेता हलचल चिमाडी पनि सँगसँगै हिडिरहेका छन । भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष ईन्द्र बहादुर भण्डारी माननीय देवकी थापा माननीय शान्ति नेपाली लगाएत नेपाली काङ्ग्रेसका प्रभाव शाली नेता नरेश बहादुर सिँह पनि उहाँ सँगै जनताको घरदैलोमा भाेट माग्दैछन । उम्मेदवार भिम भण्डारी भन्छन् । पटकपटक हैन यस पटक मलाई मतदान गरि अत्याधिक बहुमतले बिजय गराउनु हाेस जनताका समस्या म समाधान गर्छु । जनता भन्छन । अरुलाई हेरी सकेका छाै यसपटक साँझा गठवन्धनका उम्मेदवार भिम बहादुर भण्डारी लाई मतदान गर्छाै । एक बृद्ब आमाले भन्नू भयाे । समृद्धि माअाेवादीले नै गर्छ । देशमा परिवर्तन पनि तपाईंले नै ल्याएको हाे । यतिबेला युवा नेता भिम भण्डारी उठेको कारण पनि हामी मतदान गर्छाै । यसपालि भिम भण्डारीले जित्ने निश्चित भएको नेता ईन्द्र भण्डारीले बताए । उनले भने, उहाँको प्रतिस्पर्धा आफ्नै ज्वाइँ रहेकाे तर याे देशकाे लडाइँ भएको कारण ज्वाईलाई मतदान नगर्न सबैले भिम भण्डारीलाई मतदान गर्न सघाउ निर्देशन दिएको बताए । नेता भण्डारीकाे टाेली घरदैलोमा बुङगल तिर गएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

