Rashtriya Dainik

बारा–३ “ख”का स्वतन्त्र उम्मेदवार यादवको फेटा–५ जोतपुरमा घरदैलो

वीरगंज २४ कात्तिक ।
बारा निर्वाचन क्षेत्र नं. ३ “ख” बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र युवा उम्मेदवार प्रदिप प्रसाद यादवले आफ्नो घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
स्वतन्त्र उम्मेदवार यादवले बिहिवार बाराको फेटा गाउँपालिका वडा नं.५ जोतपुर लगायतका टोलहरुमा घरदैलो गर्दै आफनो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्न आग्रह गरेका थिए ।
यादवले २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट जितेका प्रतिनिधिले यस क्षेत्रको विकास गर्नु भन्दा बढी भ्रष्टाचार गर्न र कार्यकर्ता पाल्नमा ध्यान दिएकोले यसपालि आफुलाई जिताउन मतदाताहरु बीच आग्रह गरेका थिए ।
यादवको घरदैलो अभियानमा स्थानीय मतदाताहरुले यसपालिको निर्वाचनमा जनता प्रेमीको रुपमा चिनिने स्वतन्त्र उम्मेदवारलाई अग्रिम जितको शुभकामना समेत दिएका थिए । स्थानीय राजेन्द्र साहका अनुसार हालसम्म पार्टीका नेताहरुले निर्वाचित भएर गएपनि विकास बारे देखाएको सपना सपनामै सिमित हुने गरेको बताए । दिनको दिन रातको रात नबुझि जनताको सेवामा खटिदै आएका युवा स्वतन्त्र नेता यादवलाई यसपालिको निर्वाचनमा निर्वाचित गराउने उनले बताए ।
यता जनताको अगाडी बसेर जनता माझ लोकप्रिय बन्न सफल हुनु भएका स्वतन्त्र उम्मेदवार यादवको समर्थनमा दिनदिनै लर्को बढ्न थालिएको छ । घरदैलो कार्यक्रममा यादवले आफुलाई लालटेन छापमा मत हालेर भारी बहुमतले विजयी बनाउन मतदाताहरु संग आग्रह गर्दै पर्चा, पम्पलेट तथा ब्यालेट पेपरको नमुना समेत बाँडेका थिए ।
घरदैलोमा वीरगंज देखि भारतको दिल्लीसम्म पैदल यात्रा गरेको युवा शेख मुन्ना, स्थानिय समाजसेवी, बुद्धिजिवि, महिला लगायत सयौंको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित