Rashtriya Dainik

क्षेत्र नं २ मा सुरेन्द्र कुर्मीको जनलहर बढ्दै

वीरगंज २४ कार्तिक।पर्सा निर्वाचन क्षेत्र नं. २ बाट गठबन्धन गरी उम्मेदवारी दिएका एमाले र जसपाका उम्मेदवारहरु सँगसँगै मतदाताको घरदैलोमा पुगी भोट माग्दै छन् । सो क्रममा उनीहरूले मतदाताबाट आर्शीवाद लिँदै चुनावी अभियानलाई तिव्रता दिएका छन् । अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो आज मंगलबार पर्सागढी नगरपालिकाको वडा नम्बर ६ र ७ का विभि्न टोलहरुमा घरदैलो कार्यक्रम गरेका छन ।

घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा , स्वास्थ्य , कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता सुरेन्द्र प्रसाद कुर्मीले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमाले र जसपाका साझा उम्मेदवार लाई मतदान गर्न अनुरोध गरेका थिए ।

अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई उत्साहित जनताहरूले गाउँ गाउँमा फूलमाला , अबिर लगाई स्वागत गरेका थिए । नेता कुर्मीले पर्सा क्षेत्र नम्बर २ को बिकाशको लागि जसपा र एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले जसपा ,एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । क्षेत्र नम्बर २ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको छु ।

मतदातासँगको भेटघाटमा दुवै उम्मेदवारले मधेस र देशका लागि जसपा–एमाले गठबन्धनलाई मत दिएर विजयी बनाउन आग्रह गरे । प्रतिनिधिसभा सदस्य उम्मेदवार कुर्मीले आफू पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएकाले अरु जस्तो झुठा आश्वासन नबाड्ने बरु जनताले अवसर दिए क्षेत्र र जनताका लागि उदाहरणीय काम गरेर देखाउने वाचा गरे ।

चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेकाे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित