Rashtriya Dainik

युवादेखि बुज्रुगको एउटै आवाज : पर्सा ३ (ख) मा डा. मधुलाई छातामा मतदान

पर्सा २४ कार्तिक
पर्सा निर्वाचन क्षेत्र नंं ३ (ख) मा जसपा एमालेबाट साझा उम्मेदवार डा. मधु गुप्ता कुर्मीको पक्षमा युवादेखि बुज्रुगहरुको आकर्षण देखिएको जसपाका कार्यकर्ताले बताएका छन् । चुनावी घरदैलोको क्रममा उनीहरुले डा. मधुलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।डा. मधु राजनीतिमा युवा भएकाले युवाहरुले युवाका अपेक्षा सम्बोधन हुने विश्वास लिएका छन् भने महिला, बुज्रुग तथा प्रवुद्ध वर्गले समेत उनलाई जिताउन लागि परेको जसपा केन्द्रीय सदस्य सल्मा खातुनको भनाइ छ ।चिकित्सा पेशाबाट सक्रिय राजनीतिमा आएको र उनको स्वच्छ छविका कारण पनि उनीबाट मतदाताले बढी अपेक्षा पालेको विश्लेषण गरिएको छ । डा. मधुले सुशासन, सार्वजनिक सेवाको प्रभावकारिता, विकास निर्माण, महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता गरेकी छन् ।अहिले राजनीतिमा परिवर्तन र युवा नेतृत्वप्रति मतदाताको आकर्षण देखिएको अवस्थामा डा. मधुको छवि परिवर्तनको पक्षमा भएको विश्लेषण भइरहेको खातुनले बताइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित