Rashtriya Dainik

समृद्धि र विकासका लागि काङ्ग्रेस नेतृत्वको सरकार आवश्यक : नेता कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , २१ कार्तिक ।

नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देबेन्द्रराज कण्डेलले मुलुकको समृद्धि र भौतिक पुर्वाधार विकासका लागि काङ्ग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।

सडक यातायात, उर्जा, कृषि, सिंचाई लगायत क्षेत्रको पूर्वाधार विकासबाट मात्रै मुलुकको समृद्धि संभव भएको कुरामा जोड दिँदै बिगतमा काङ्ग्रेस नेतृत्व सरकारले अघि सारेका योजनाहरु पुरा गर्न तथा स्थायी सरकारका लागि काङ्ग्रेसलाई बिजयी बनाउनु पर्ने नेता कण्डेलकाे भनाई छ ।

पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्य पदका लागि उम्मेदवार समेत रहेका नेता कण्डेलले नवलपरासी जिल्लालाई विकासको रोल मोडलका रुपमा अघि बढाउने कुरा उल्लेख गर्दै काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भएपछि नवलपरासीको सुकुम्बासी समस्या समाधान गरिने पनि बाचा गरेका छन् ।

नवलपरासीको विभिन्न स्थानमा आयोजना गरिएका कोण सभाहरुलाई सम्बोधन गर्दै पुर्व गृहराज्यमन्त्री समेत रहेका नेता कण्डेलले मुलुकको आर्थिक विकासका लागि काङ्ग्रेस सरकारसँग मात्र स्पष्ट भिजन रहेकोले पनि काङ्ग्रेसलाई जिताउन आग्रह गरेका छन् ।

नवलपरासीको चाैतर्फिक कार्य सम्पन्न गर्नका लागि आफुले जित्नु पर्ने समेत दावी समेत कण्डेलले गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित