नवलपरासी । नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार बिनोद चौधरीको बिजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरु च्ुानावी मैदानमा उत्रिन आवहान गर्नुभएको छ ।
आज नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्र्पक कार्यालयमा आयोजीत पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले यस्तो बताउनुभएको हो ।
कांग्रेसका युवा नेता समेत रहनुभएका खनालले आजसम्म पार्टी भित्र केही समस्या रहेको भएपनि अब सवै समस्या समाधान भएकोले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
खनालले सो अवसरमा भन्नुभयो “विनोद चौधरी पार्टीको उम्मेदवार हो पार्टीको उम्मेदवारलाई बिजय गराउनु हाम्रो कर्तव्य हो यस पटक पार्टीलाई बिजयी गराएर कांग्रेसका सम्पुर्ण कार्यकर्ताले गैरभको अनभुती गर्नेछौ ।
कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउंपालिका अन्तर्गतका अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यस अघी बिक्रम समुहले चौधरीलाई सहयोग नगर्ने आशंकाका विच खनाल खुलेर चौधरीलाई सहयोग गर्न लागेपछि आम कार्यकर्तामा उत्साह देखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

