Rashtriya Dainik

कांग्रेस गठवन्धनको पक्षमा रहेको नवलपरासी क्षेत्रिय कार्य समिति स्पष्ट

नवलपरासी

नेपाली कांग्रेस, क्षेत्रीय कार्य समिती प्रतिनिधी सभा क्षेत्र नं.– १, नवलपरासी (ब.सु.प.)ले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेको छ । क्षेत्रिय कार्य समितिले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरी पनि गठबन्घनको पक्षमा रहेको र उहाँले गठबन्धनको पक्षमा सार्वजनिक रुपमा प्रतिवद्धता जनाउदै आउनु भएको पनि जनाएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती सभापति मुकुल कुमार आचार्यद्धारा जारी विज्ञप्तीमा यस क्षेत्रबाट विनोद चौधरी गठवन्धनको सयुक्त उम्मेदवार रहनु भएको र उहाँ गठवन्धनको कार्यान्वयनमा पुर्ण प्रतिबद्ध रहेको उल्लेख छ ।
नेपाली काग्रेसका नेता विनोद चौधरीले आफु गठवन्धनको पक्षमा रहेको कुरा सार्वजनिक रुपमा नै बताउदै आउनु भएको र देशका लागि गठवन्धन अपरिहार्य रहेको भन्दै गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न पनि आग्रह गर्नु भएको क्षेत्रिय सभापति आचार्यले स्पष्ट पार्नुभएको छ ।
बिज्ञप्तीमा प्रदेश सभा र प्रतिनिधी सभाको उम्मेदवारका बिषयमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नवलपरासी (ब.सु.प.) ले जारी गरेको बिज्ञप्तीले भ्रम सिर्जना गर्न खाजेको पनि कांग्रेसले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित