Rashtriya Dainik

विकास योजनाको हिसाब मांग्दै मतदाता,ठाउँ ठाउँबाट लखेटिन थाले उम्मेदवार

पर्सा, २१ कात्तिक / पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १(ख)बाट उम्मेदवारी दिनु भएका महम्द लालबाबु राउत गद्दीले घरदैलो कार्यक्रम गर्ने बेला वडा वडाबाट विकास योजना अन्तर्गत छुटयाइएको रकमको बिषयमा हिसाब किताब मांग गर्दै मतदाताहरुले उम्मेदवारलाई लखेटिन थालेका छन । सोझा साझा मधेसी जनतालाई मधेस आन्दोलनको नाममा निर्वाचित भएका महम्द लालबाबु राउत गदीले जनता संग मात्र नभई आफ्नो राष्ट्र संग पनि गदारी गरेको आरोप लगाउदै लखेटिन थालिएका हुन ।
यस अघि निर्वाचित भएर गएपछि मधेस प्रदेशको मुख्यमन्त्री पदसम्म पुग्न सफल भएका महम्द लालबाबु राउत गदीले आफ्नो क्षेत्रमा विकासको काम गर्न नसकेको आरोप लगाउदै यसपालि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा उनको पक्षमा मतदाना नगर्न अडान लिएका छन । वीरगंज महानगरपालिका वडा नम्बर १२ मा गत शनिवार भेला कार्यक्रमको आयोजना राखी स्थानीयहरुलाई पार्टी प्रवेश गराउन खोज्दा विवाद उत्पन्न भएको बाहिरिएको छ । स्थानीय जनता र मुख्यमन्त्री बिच उत्पन्न भएको विवादका कारण स्थानीयहरुले मुख्यमन्त्री गद्दीलाई लखेटिएको समेत स्थानीयहरुले जिकिर गरे ।
निर्वाचनको समयमा मासु रक्सीका साथ साथै आर्थिक दिने गरेको र सोझा साझा मधेसी जनतालाई भ्रमित पार्ने काम भइरहेको कारण वडाबाट बाध्य भई लखेटिन थालिएको वडाका अगुवाहरुले बताउन थालेका छन । मधेसी जनताको रगतबाट खेलवाड गरेको आरोप लगाउदै स्थानीयहरुले मंसिर ४ गतेको निर्वाचनले एउटा नया अनुहार रोज्ने समेत बताए । मधेसी दल भनेकै मधेस बिरोधी रहेको बताउदै यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई रोज्ने, स्थानीय युवाहरुको भनाई रहेको छ ।
स्थानीय युवाहरुले यस अघि निर्वाचन सम्पन्न भए लगतै मुख्यमन्त्रीले जनतालाई नै अपशब्द प्रयोग गरेको कारण पनि मतदान नगर्न अडान लिएको बताए । एक चोटी होइन, दुई चोटी होइन, पटक पटक जनतालाई अपशब्द प्रयोग गर्दै आएका मुख्यमन्त्रीलाई यसपालिको निर्वाचन बहिस्कार नै गरिएको, युवाहरु बताउछन । ठाउ ठाउमा स्थानीयहरुले मुख्यमन्त्रीको बिरोध गरेपनि बिभिन्न ठाउहरुमा मुख्यमन्त्री गद्दीले घरदैलो कार्यक्रम जारी नै राखेको पाइन्छ । यस बिषयमा मुख्यमन्त्री लालबाबु राउत गदी संग बुझन खोज्दा, केही जवाफ नै नदिई फोन काटिएको अवस्था छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित