Rashtriya Dainik

आयुर्वेद कार्यालयकाे वार्षिक समन्वयात्मक समिक्षा याेजना तर्जुमा गाेष्ठी सम्पन्न

उत्तमकुमार थापा बझाङ
जिल्ला आयुर्वेद कार्यालय बझाङले वार्षिक समन्वयात्मक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी सम्पन्न भएको छ ।

केदारस्यु गाउँपालीकाकाे झाेतामा आज जिल्ला आयुर्वेद कार्यालयले समिक्षा गाेष्ठी गरेको हाे । कार्यालयले विभिन्न स्थानीयतहमा सेवा दिदै आएका कर्मचारीहरुले कसरी कहाँ के के सेवा दिदै आएका छन । बर्षभरी दिएको सेवा प्रभावकारी भएको र अझै जनसमुदायको सेवामा आयुर्वेद कार्यालय लागसपर्ने भन्दै समन्वय गाेष्ठी राखेको जिल्ला आयुर्वेद कार्यालय बझाङका बरिस्ठ वैद्य तथा सुचना अधिकारी मिनराज पुरीले बताए ।

झाेतामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला भरिका आयुर्वेद सेवा दिदै आएका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा बरिस्ठ वैद्य कृष्ण कठायतले स्वागत मन्तव्य राख्नु भएको थियाे । कार्यालय बाट हुने सेवा सुविधा बारे जानकारी गराउन र आगामी दिनमा कसरी सेवा दिन सकिन्छ भन्ने बिषयमा गहन छलफल भएको थियाे । गाेष्ठीमा छविस पाथिभरा गाउँपालीका ब्यासी आयुर्वेद अाैषधालयका प्रमुख सञ्जय यादवले विभिन्न सेवा दिएको छाै । नागरिक उत्साहित भएको छन । विभिन्न महिला स्वयंसेविका लाई तालिम दिएकाे र ब्यावसायी तालिम पनि दिएकाे उहाँको भनाइ छ । कार्यक्रम सञ्चालन बरिस्ठ वैद्य मिनराज पुरीले गर्नु भएको थियाे । कार्यक्रममा बित्थडचिर, केदारस्युकाे रायल दुर्गाथली मष्टा ,तलकाेट छान्नाका आयुर्वेद अाैषधालयका प्रमुख उपस्थिति रहेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित