Rashtriya Dainik

पर्यटनको विकासले मात्र जिल्लाको आर्थिक उन्नती हुने : नेता कंडेल

नवलपरासी , २१ कार्तिक । धार्मिक तथा एतिहासिक पर्यटकिय क्षेत्रले भरिपुर्ण रहेको पश्चिम नवलपरासीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आश्यक देखिन्छ । पर्यटनको प्रचुर सम्भावना बोकेको यस जिल्लामा अन्तराष्ट्रिय जगतमा चिनाउने एतिहासिक पुरातात्विक क्षेत्रहरु छन् । जिल्लाले पर्यटन क्षेत्रमा फडको नमार्दासम्म यहाँको आर्थिक उन्नती नहुने निस्कर्षमा पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल छन् । नेता कण्डेल यस जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन आफनो ९बुँदे संकल्प मध्ये एण्टा मुल एजेण्डा नै पर्यटन विकास लिएर जनताको घरदैलोमा पुगी रहेका छन् ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता देवेन्द्रराज कण्डेल यस जिल्लालाई पर्यटयिक गन्तब्यको रुपमा विकास गर्न आफनो मुल मुद्दाको रुपमा बोकी चुनावी प्रचार प्रसारमा व्यस्त छन् । नेता कण्डेल आईतबार सुनवलको विभिन्न वडामा घरदैलो र कोणसभा सम्बोधन गर्दै नेता यस जिल्लालाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न मेरा मुल मुद्दा रहने र यसका लागि अब बन्ने केन्द्रिय तथा प्रदेश सरकार माझ यो मुद्दा उठाई रहने विश्वास व्यक्त गरे । जिल्लामा शान्तीका अग्रदुत गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप, मावली क्षेत्र पण्डितपुर, बुद्ध संग सम्बन्धित तरगौली ताल, बुद्धमंगल ताल, करकरपत्त नगर, हिन्दु समुदायको धार्मिक स्थल पाल्ही भगौती मन्दिर, बाबा गोरिया, मामी सतिसावरिया, त्रिवेणी धाम, मुस्लिम समुदायको मदार स्थान, एतिहासि नन्दन ताल लगायतका विभिन्न एतिाहसिक, पुरातात्विक तथा धार्मिक स्थलहरुको समुचित विकासका लागि यस जिल्लाबाट मेरा महत्वपुर्ण भुमिका रहने प्रतिबद्धताका सथा नेता कण्डेल यतिबेला जनताको दैलोमा मतदाता भेटघाटमा व्यस्त देखिन्छ ।
नेता कण्डेलले, यत्रो पर्यटकिय स्थलहरु रहेको यो जिल्ला अहिलेसम्म उपेक्षित रहयो तर अब हामी चुप नबस्ने र यसको विकासका लागि सरकारमा भएपनि सरकार बाहिर भएपनि निरन्तर लडिरहने विश्वास व्यक्त गरे । जिल्लालाई पर्यटनको गन्तब्य बनाउन आफनो मुल एजेण्डाको रुपमा स्थापित गरि चुनावमा होमिएका नेता कण्डेल एक बलियो उम्मेदवारको रुपमा आफनो क्षेत्रमा प्रस्तुत भैरहेका छन् । जिल्लाका यतिबेला चुनावी सरगरर्मी बढेको छ । जिल्लामा नेकपा एमाले, कांग्रेस, राप्रापा, जप्रपा, जनमत, जनमुक्ति, माओबादी केन्द्र, जसपा, लोसपा र स्वतन्त्र लगायतका उम्मदेवारहरु आफनो चुनावी घोषणा पत्र लिएर जनताको घरदैलोमा पुगी रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित