ज्ञानेश्वर सहानी / नवलपरासी , २१ कार्तिक
पश्चिम नवलपरासीको बिभिन्न गाउँपालिका र नगरपालिका बाट ६ जना फरार प्रतिबादी पक्राउ परेका छन।
प्रहरी चौकी बासाबाट खटि गएको प्रहरी टोलीले सरावल गाउंपालिकाको बिभिन्न स्थानबाट बिभिन्न कसुरहरुमा संलग्न भएको फरार प्रतिबादी पक्राउ परेका हुन ।
अंश मुद्धामा सरावल गा.पा. वडा नं २ बस्ने ४९ बर्ष सरोज कुमार चौधरी लाई सवारी ज्यान ९ दिन कैद रु. २,०००/- जरिवाना सम्मानित जिल्ला अदालत जरिवाना ताेकेकाे छ । त्यस्तै साेहि गा.पा वडा नं. २ का ४१ बर्ष सोमनारायण राय थारुलाई सवारी ज्यान रु. १,०००/- जरिवाना ताेकेकाे छ भने त्यस्तै सरावल २ का २७ बर्ष मनोज यादवलाई लागुऔषध मा ३ बर्ष कैद सजाय ताेकिएकाे छ ।
अंश मुद्धामा रामग्राम न.पा. १४ परसावल बस्ने ४९ माे… चौधरीलाई ज्यान सम्बन्धी १० महिना २९ दिन कैद रु. १०,०००/- जरिवाना ताेकेकाे छ भने साेहि न.पा. १४ परसावल बस्ने ४१ के…प्रसाद चौधरीलाई ज्यान सम्बन्धी ५ महिना २० दिन कैद र रु. ५,०००/- जरिवाना ताेकेकाे छ।
सुनवल नगरपालिका वार्ड नं ७ बस्ने ३९ बर्ष छत्र बहादुर घर्ती सवारी ज्यान २२ दिन कैद र रु. २,०००/- जरिवाना ताेकेकाे छ ।
जिल्ला अदालतको बिभिन्न मितिको आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहेका फरार प्रतिबादीहरुलाई पक्राउ गरि कैद तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत कार्यालय नवलपरासी (ब.सु.प) पठाएको सुचना अधिकारी भाेज राज पाण्डेयले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

