उमेश बि.क / नवलपरासी ,२१ कार्तिक
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.६ सनइमा अवस्थित सनई सहकारी संस्था लिमिटेडलाई पिकप गाडी हस्तान्तरण गरिएको छ ।

सनइमा अवस्थित सनई सहकारी संस्था लिमिटेडकाे अध्यक्ष पृथ्वीराज पाण्डेयकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारीकाे प्रमुख अातिथ्यतामा पिकप गाडी हस्तान्तरण गरिएको हाे।

पालिकाबाट रु. ८ लाख ,युनाइटेड मिसन टु नेपाल , सुनवल सामुदायिक बिकास केन्द्रकाे साझेदारीमा सन्चालित रिकाेभ परियोजनाबाट रु. ५ लाख ३० हजार र सहकारीबाट रु ९५ हजार गरि कुल १४ लाख २५ हजार बराबरको पिकप गाडी सहकारी संस्थालाई हस्तान्तरण गरिएको हाे ।

पिकप गाडी हस्तान्तरण गर्दै कार्यवाहक अध्यक्ष खातुनले उपलव्ध गराएका पिकप गाडीको सहि सदुपयोग गरी कृषि उत्पादकत्वमा बृद्धि गरिनु पर्ने बताउदै यश वडालाई कृषि पकेट क्षेत्र बनाउने उद्देश्य सहित दुग्ध र कृषि उत्पादनमा बृद्धि हुदै कृषकहरु अात्म निर्भर बन्नु पर्ने बताउनु भएको हाे। साथै सुनवल सामुदायिक बिकास केन्द्रले गरेको हरेक काम स्रहनिय रहेको बताउदै संस्थाकाे खुलेर प्रसंसा गर्नुभएको थियाे।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पाेख्रेलले विपन्न वर्गका ब्यक्तिहरुकाे जीवन परिवर्तन गर्न पालिका लागि परेकाे बताउनु भएको हाे।
त्यस्तै युनाइटेड मिसन टु नेपालकाे टिम लिडर सब्बु तमांङले कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न सुनवल सामुदायिक बिकास केन्द्र र UMN निशुल्क विभिन्न कृष यन्त्र उपलब्ध गराउदै आएको बताउनु भएको हाे ।यहाँका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि विभिन्न कृषि सामाग्री र पिकप हस्तान्तरण गरिएको बताउनु भएको हाे।

पिकप पाएपछि सनई सहकारी संस्था लिमिटेडकाे सदस्यहरु खुशि हुदै पालिका , युनाइटेड मिसन टु नेपाल र सुनवल सामुदायिक बिकास केन्द्र संस्था तथा संस्थाका कर्मचारीलाई धन्यवाद ब्यक्त गरेका हुन ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

