Rashtriya Dainik

विन्दवासिनीमा नेकपा एमाले परित्याग गरी दर्जनौ काँग्रेसमा प्रवेश

वीरगंज ,२१ कात्तिक ।
नेपाली काँग्रेसको विन्दवासिनी गाउँपालिकामा आईतवार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस विन्दवासिनी गाँपालिकाको वडा नं. ५ प्रसौनी भाठ्ठामा आयोजित कार्यक्रममा नेकपा एमाले परित्याग गरी दर्जनौ नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस विन्दबासिनी गा.पा सभापति बिबेक चौरसियाको विशेष पहलमा नेकपा एमाले परित्याग गरी विन्देश्वरी पटेल, बलिराम पण्डित, सहिद अंसारी, रामबाबु पटेल, रम्भु पण्डित, भिखारी पण्डित, उगम दास, तुल्सी पण्डित लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई प्रमुख अथिती पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुरेन्द्र चौधरीले टिका माला लगाएर स्वागत गरेका थिए । सो अवसरमा विशिष्ट अतिथि नेपाली काँग्रेसका सभापति एवं वाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नं. ३ “ख” का साझा उम्मेदवार जनार्दन सिंह क्षेत्री, विन्दवासिनी गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष अनोज चौरसिया, ३ का वडा अध्यक्ष जयप्रकाश चौरसिया, तरुण नेताका नेता उपनेश चौरसिया, आनन्द चौहान, अजय गुप्ता, पनालाल मुखिया लगायतको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित