Rashtriya Dainik

पालिका अध्यक्ष तिवारीका कारण वडाध्यक्षका प्रत्यासीहरु पार्टी छोडदै

वीरगंज ,२१ कात्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानिय तहको निर्वाचनमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिको विभिन्न वडाहरुमा वडाध्यक्षका प्रत्यासीहरुले धमाधम लोसपा परित्याग गरी एमालेमा प्रवेश गर्न थालेका छन् ।
लोसपाबाट विन्दवासिनी गाउँपालिकाको प्रमुखमा प्रमोद तिवारी विजयी भए पनि लोसपाबाटै पालिकाको वडा नं. २, ३ र ५ मा वडाध्यक्षको चुनाव लडेकाहरु पार्टी परित्याग गरेका छन्, कारण पालिका अध्यक्ष तिवारी नै रहेको स्वयं वडाध्यक्षका प्रत्यासीहरुले जनाएका छन् ।
पालिका प्रमुखमा जितेका प्रमोद तिवारी वडा अध्यक्षका प्रत्यासीहरुलाई धोखा दिएको कारण उनिहरु हारेको बताईरहेका छन् भने तिवारीले वडाहरुबाट भोट लिएको तर वडाध्यक्षहरुलाई भोट नदिलाएको आरोप समेत लगाएका छन् ।
पालिका अध्यक्षमा जितेपनि तिवारीले वडाहरुमा विकास निर्माणको कुनै पनि काम अगाडि नबढाएको, बिना कुनै सल्लाहको एकलौटी रुपमा कार्यहरु गरिरहेको, जनता सँग गरेका वाचाहरु पनि पुरा नगरी भ्रष्टाचारमा लिप्न हुन लागेको जस्ता विभिन्न आरोपहरु लगाउदै एकपछि अर्को गरी एमालेमा प्रवेश गरेको जनाईएको छ ।
पालिका अध्यक्षमा जिते पछि तिवारीले कुनै नयाँ कार्यको शुभारम्भ समेत गरेका छैनन्, पालिकामा भ्रष्टाचार पनि त्यतिकै बढेको र अध्यक्षले सो भ्रष्टाचारमा सक्रिय सहभागीता जनाएकै कारण वडाध्यक्षका प्रत्यासीहरु लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेको बताईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित