Rashtriya Dainik

बारा–३ (ख) का स्वतन्त्र उम्मेदवार यादवलाई जिताउन जनलहर बढदै

बारा ,२० कात्तिक ।
बारा जिल्लामा पनि आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ ।
सोही क्रममा बारा निर्वाचन क्षेत्र नं. ३ “ख” बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र युवा उम्मेदवार प्रदिप प्रसाद यादवको पक्षमा जनलहर नै देखिएको छ । स्वतन्त्र उम्मेदवार यादवले आफनो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्न आग्रह गर्दै आईतवार कलैयामा ¥याली गर्नुभएको छ ।
कलैयाको श्री दुर्गा नमुना माध्यमिक विद्यालय नजिकैबाट निस्कोको ¥याली नगरपरिक्रमा गर्दै भरत चौकमा पुगी कोणसभामा परिणत भएको थियो । सयौंको संख्यामा निस्केको ¥यालीमा उम्मेदवार यादवले लालटेन छापमा मतदान गर्न आग्रह गर्दै घरदैलो समेत गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै स्वातन्त्र उम्मेदवार यादवले आफु पेशाले पशु चिकित्सक भए पनि यो क्षेत्र विकास लगायत हरेक दृष्टिकोणले पछाडि परेकोले आफुले उम्मेदवारी दिएको बताए ।
सो अवसरमा स्वतन्त्र युवा उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जनताको लागि भएको बताए । जनताको करबाट आफ्नो पेट पाल्न पल्केका नेताहरुको भ्रष्टाचार बिरुद्ध आफ्नो उम्मेदवारी रहेको स्वतन्त्र उम्मेदवार यादवको दाबी रहेको थियो ।
चुनावका बेला विभिन्न लोभलाग्दा नाराहरु लिएर मतदाता अगाडी आउने विभिन्न जनप्रतिनीधिहरु चुनाव सके लगत्तै सबथोक विर्सने परम्परा औंल्याउदै आफुले जिते अहोरात्र खटि जनताको सेवा गर्ने प्रतिबद्धता समेत जनाए ।
यस भन्दा अगाडि निर्वाचित हुनु भएका जनप्रतिनिधिहरुले भ्रष्टाचारमा लिप्त भई आफ्नो कार्यकर्ता पाल्ने बाहेक कुनै पनि विकास निर्माणको काम नगरेको आरोप लगाउदै स्वतन्त्र उम्मेदवार यादवले आफु निर्वाचित भए पश्चात शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटो लगायतमा विकाशको लहर नै ल्याउने बताए ।
सो अवसरमा वीरगंज देखि भारतको दिल्लीसम्म पैदल यात्रा गरेको युवा शेख मुन्ना, स्थानिय समाजसेवी, बुद्धिजिवि, महिला लगायत सयौंको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित