Rashtriya Dainik

दलित समुदायको हक अधिकारका लागि प्रतिबद्ध छु : चौधरी

राष्ट्रिय दैनिक / नवलपरासी , २० कार्तिक

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले मुलुकको हरेक परिवर्तन र आन्दोलनमा दलित समुदायको भुमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।

दलित संघ नवलपरासीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी हरेक क्षेत्रमा दलित समुदायको हक अधिकारलाई स्थापित गर्न आफू र सिङ्गो पार्टीनै प्रतिबद्ध रहेको बताउनु भयो।संविधानमा उल्लेख भएका बुदाहरुलाई अक्षरस पालना गरेर दलित समुदायका समस्या र चुनौतीहरुलाई छुट्टै बहस को बिषय बनाएर लगिनु पर्ने र सबै नागरिकमा आत्मसम्मान को अनुभुत हुने गरि अघि बढ्नु आजको आवस्यकता भएको चौधरीको भनाई छ।

राज्यका हरेक अंगहरुमा दलित समुदायको प्रतिनिधित्व र समान सहभागीताकालागी नेपाली काङ्ग्रेस कटिबद्ध रहेको चौधरीले बताए।आरक्षण मात्र ठूलो कुरा होइन बिपन्न दलित समुदायको आर्थिक स्तर सुधार्न फरक खालका कार्यक्रम ल्याईने चौधरीले बताए।सबै समुदायको हक अधिकारको सुनिस्चितताका लागि उनिहरुको पहिचानका लागि अब संघर्ष गरिरहनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने चौधरीले बताए।
देशको आमूल परिवर्तनका लागि दलित समुदायले खेलेको भुमिका पृथक रहेको बताउदै उनिहरुको योगदान ईतिहासको स्वर्ण पानामा लेखिनु पर्ने चौधरीले उल्लेख गरे।हाम्रो मुद्दा बिकास निर्माण,समृद्ध मुलुक निर्माण को हो हामी सबै सहयात्री हौ त्यसैले एक भएर अघि बढ्नुको बिकल्प नरहेको चौधरीले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित