Rashtriya Dainik

क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीब्रता दिदै

नवलपरासी – दलाल संसदीय ब्यवस्थाका राष्ट्रघाती जनघाती उम्मेदवारहरुलाई मत दिन नहुने भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । किसान, मजदुर, भुमिहीन तथा सुकुम्बासी लगायतका वर्गलाई पटक पटक झुक्याउने ‘प्रतिक्रियावदी ब्यवस्थाको संसदीय निर्वाचनको मतपेटिका खाली गर्नुपर्छ’ भन्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता घरदैलोमा ब्यस्त भएका हुन् ।
उनीहरुले सानो सानो समुह बनाएर मतदातालाई चुनाव बहिष्कार गर्न ‘उर्दी’ समेत जारी गरेका छन् । आइतवारको घरदैलो कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्री , जिल्ला सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, राष्ट्रिय उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेललगायतका नेता कार्यकर्ता सहभागी भएको बताइएको छ ।
जिल्लाको दुईवटै निर्वाचन क्षेत्रका सातै पालिकाको बिभिन्न स्थानमा भोट बहिष्कार गर्न आब्हान गर्दै अभियान संचालन भइरहेको जिल्ला सेक्रेटरी छविलाल खरेलले जानकारी गराउनुभयो ।
संघीय जनगणतन्त्रको संर्घषको तयारी स्वरुप क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कार लाई अभियानात्मक रुपले संचालन गरेको खरेलले बताउनुभयो ।
सो पार्टीका बर्दघाट नगर ईञ्चार्ज समेत रहनुभएका भण्डारीले बर्दघाट नगर समिति अन्तरगतका बिशेष एरियाहरुमा घरदैलो संचालन रहेको बताउनुभयो । उहाँले आइतवार बिहान बर्दघाट ४ को मर्चाखोला , शिवालय टोल लगायतमा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित