Rashtriya Dainik

विकासको खाका गठबन्धनसँग छ : नेता कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , १९ कार्तिक

पुर्व गृहराज्यमन्त्री देबेन्द्रराज कण्डेलले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग रहेको बताउनुभएको छ ।

मुलुकमा, शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निर्माण भएको उहाँले प्रष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गठबन्धन तर्फबाट नवलपरासी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका कण्डेलले शनिबार रामग्राम नगरपालिका ८ उनवक्षकाे काेणसभामा बोल्दै जनतामा भिजेका, विकासको झोला बोकेका उम्मेदवारलाई आगामी मसिंर ४ को निर्वाचनमा विजयी बनाउन आह्वान गर्नुभयो ।

‘नवलपरासीको विकासले देशभरिका युवालाई उत्साहित गर्नेछ । नेपाल बनाउने अभिभारा हाम्रो काँधमा छ । युवाको साथ जरुरी छ’ उहाँले भन्नुभयो ।

नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको उहाँले आरोप लगाउनुभयो । तीन दलीय गठबन्धनले देश चलाउन नसक्ने उहाँले बताउनुभयो । २०७४ को निर्वाचनमा एमालेले बहुमत ल्याउँदा पनि सरकार चलाउन नसकेको उहाँले टिप्पणी गर्नुभयो । मुलुकको वर्तमान व्यवस्थालाई जोगाउँदै अग्रगमन चाहने सबैले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।

‘लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेका हुन् । गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न , कृषिमा क्रान्ति र रोजगारी सृजना गरी जनतालाई खुसीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक छ’ कण्डेलले भन्नुभयो, ‘पश्चगामीहरूले जित्नु भनेको देशको विकास र राजनीति पछाडि फर्कनु हो ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित