राष्ट्रिय दैनिक /नवलपरासी ,१६ कार्तिक
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीलेले नागरिकले भारतीय सिमा नाकामा पाउने दुख एकप्रकारको सामाजिक शोषण भएको बताएका छन।नेपाली नागरिकलाई तल्लो दर्जाको ब्यवाहार गरिन्छ जुन हामिलाई कदापी स्विकार्य छैन यसका लागि पहल गर्न म तयार छु उनले भने ।
सिमा क्षेत्रमा नेपाल र भारत बिच बैवाहिक लगायतका विभिन्न सम्बन्ध रहदै आएपनी सवारीसाधन आवतजावतमा नागरिकले सास्ती खेप्नु परेको प्रती आफु गम्भीर रहेको चौधरीले बताए।उनले भने रोटि बेटिको सम्बन्ध ब्यवाहारिक रुपमा लागू हुनुपर्छ कुनै पनि बहाना यस क्षेत्रका जनताले दुख पाउनु हुदैन ।मल बीउ बिजन खाधान्न लगायतका विभिन्न सामाग्री खरिदकालागि पश्चिम् नवलपरासीको सिमा जोडिएको भैसा लौटन र ठुठिबारीमा नेपाली ग्राहकको दैनिक जसो नै बाक्लो उपस्थिति हुने गर्दछ ।
मैले यो २५ दिन भित्रमा यहाका समस्याको लामो लिष्ट बोकेर हिडेको छु यी सबै समस्याको दीर्घकालीन समाधानको लागि म कटिबद्ध छु चौधरीले भने म त प्रतिनिधि पात्र मात्र हु रुखलाई जिताउनुहोस म तपाईहरुलाई गुनासोको मौका दिनेछैन ।मेरो उम्मेद्बारीले अर्थ राख्ला नराख्ला तर आज सम्म काङ्ग्रेसको चारतारे झण्डा गाड्न किन सकिएन हाम्रा माग हाम्रा समस्या किन सम्बोधन भएन सोच्ने बेला भएको छ चौधरीले भने।यस क्षेत्रमा औधोगिक बिकासका निम्ति सुरक्षित लगानिको बाताबरण बनाई हजारौ रोजगारीको अवस्था सिर्जना गर्न सकिने चौधरीको भनाई थियो।
नेपालि काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट ७ ले आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले विभिन्न बहानामा काङ्ग्रेसलाई कमजोर बनाउने शक्तीहरु लागेको हुदा पार्टीले काङ्ग्रेसको जरा बलियो बनाउन यो क्षेत्रमा पठाएको उल्लेख गरे।काङ्ग्रेस भित्रका विभिन्न लडाईले यो क्षेत्रको बिकास ओझेल परेको भन्दै चौधरीले आफू सबैको प्रतिनिधि बनेर नवलपरासी आएको स्पष्ट पारे।
मैले २५ दिनमा के बुझे भनेर प्रश्न गर्नु होला तर २५ बर्ष सम्म बुझेकाहरुले किन गरेनन भन्ने प्रश्न उब्जिएको चौधरीको तर्क थियो।यतिबेला प्रदेश सभा सदस्यका उमेदवार बिश्वप्रेम पाठक सहित उनी बर्दघाटका विभिन्न कार्यक्रमहरुमा सहभागी भैरहेका छ्न।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

