Rashtriya Dainik

निर्वाचन बहिष्कारको अपिल गर्दै क्रान्तिकारी माओवादीद्धारा १२ स्थानमा कोणसभा

नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी)ले पश्चिम नवलपरासीको सदरमुकाम परासी सहित १२ स्थानमा कोणसभाको आयोजना गरेर प्रतिक्रियावादी राज्य सत्ता र दलाल संसदीय ब्यवस्थाको भण्डाफोर गरेको छ । मंगलवार नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो । परासीमा आयोजित कोणसभामा पार्टीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले वर्तमान सत्ता र ब्यवस्थाको बिकल्पमा संघीय जनगणतान्त्रिक ब्यवस्थाका लागि संर्घष आवश्यक रहेको बताउनुभयो ।
पार्टीका लुम्बिनी प्रदेश सचिव समेत रहनुभएका न्यौपानेले दलाल संसदीय ब्यवस्थालाई ढालेर संघीय जनगणतन्त्र स्थापनाको पूर्व तयारी स्वरुप पार्टीले संसदीय निर्वाचन बहिष्कार गरेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मनोज थापाले गर्नुभएको थियो ।

त्यस्तै सुस्ता –२ कुडियामा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले निर्वाचनका नाममा गाउँ गाउँमा मिटर ब्याज तथा लघुबित्तका संरक्षकहरु आएकोले यस पटकको निर्वाचनमा ती दलालहरुलाई भोट नभई चोट दिनुपर्ने बताउनुभयो ।

सुस्ता – १ बरुवामा आयोजित कोणसभामा पार्टीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले एमसीसी पास गर्ने दलालहरुलाई मत दिएर राष्ट्रघाती जनघातीहरुको मतियार बन्न नहुनेमा जोड दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित