देशबन्धु यादव पश्चिम नवलपरासीको रामग्राममा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न गरिएको छ। रामग्राम नगरपालिकाकाे उपमेयर रम्भा कुवंरकाे अध्यक्षतामा १६ दिने महिला हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रमका साथ समापन भएको छ। सम्पूर्ण नागरिक समाज, अधिकारकर्मी सबै मिलेर महिला हिंसा अन्त गर्नु पर्ने उपमेयर रम्भा कुवंरले भन्नु भयो। कार्यक्रमकाे समापन कार्यक्रममा स्वागत मंतव्य कार्यपालपालिका सदस्य सुनिता श्रेष्ठ , प्रशासकिय अधिकृत रामलाल भूषाल , अपाड़्ग संघ का केन्द्रीय सदस्य रामरतन हरिजन, प्रहरी सहाक निरीक्षक सुरेन्द्र खडका , सुआहारा का कार्यक्रम अधिकृत तीर्थराज ढुड़ाना, महिला मानव अधिकार रक्षक संजाल नवलपरासीका अध्यक्ष समझना चौधरी ,रामग्राम नगरपालिकाका पंजिकरण शाखा रिजवान अंसारी लगायत विशिष्ट महानुभावको गरिमामय उपस्थिति रहेको थियो । रामग्राम नगरपालिका महिला विकास शाखा का प्रमुख तारा अर्यालको संचालनमा सम्पन्न भयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।