ज्ञानेश्वर सहानी/ नवलपरासी ,२१ असोज
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ थारुटोल र सैनिक टोलमा सशस्त्र प्रहरी बलद्वारा १२९ जना सुस्ता बाढीपीडितको उद्वार भएको छ ।
विगत २ दिन देखि परेको अविरल बर्षाको कारण सुस्ता गाउँपालिका वडा नम्बर ०५ थारुटोल तथा सैनिक टोलाको २४ घर डुबान परेको छ भने १२९ जनालाई सशस्त्र प्रहरी बल २६ नम्बर गण तथा नेपाल प्रहरीले संयुक्त उद्वार गरेको हुन ।

अविरल बर्षाको कारणले गर्दै बाढी आउन सख्ने भएकोले सुस्ता वासीको उद्वारको लागि सशस्त्र प्रहरी बल २६ नम्बर गणले ५० जना प्रहरी जवानलाई वि.अे.पी गुठीप्रसाैनीमा तयारी हालतमा राखेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरकाे सुचना अधिकारी-सशस्त्र प्रहरी नायब उपरिक्षक केशब राज थापाले जानकारी दिनु भएको छ ।
बाढी प्रभावितकाे समस्या बुझ्न र पानीको अवलोकन गर्नकाे निम्ति सुस्ता गाउँपालिका अध्यक्ष टेक नरायण उपाध्याय, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेख्रेल , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेल,सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी रुप कुमार क्षेत्री लगाएतकाे टाेलीहरु अवस्था अवलोकन गरि उद्धारमा जुट्नुभएकाे थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

