राष्ट्रिय दैनिक / नवलपरासी , २१ असाेज
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुसमामा पालिका स्तरीय मटकी फाेर कार्यक्रम सम्पन्न भएको छ।

शुभ बिजया दशमीकाे अवसरमा पाल्हिनन्दन गाउँपालिकाकाे अायाेजनामा पालिका स्तरीय मटकी फाेर कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा ६ वटा समुहकाे सहभागीता रहेको थियो ।

प्रथम हुने सिद्वार्थ युवा कल्बलाई नगद दस हजार र कुसमा छठ पुजा समिति दाेस्राे रु ५ हजारबाट पुरस्कृत गरिएको थियाे ।

कार्यक्रम निकै उत्साहजनक भएकोले पानि परिरहेको भए पनि दर्शकहरु राेचक्तापुर्बक कार्यक्रम अवलोकन गरेका थिए ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

