Rashtriya Dainik

आफू पनि टिकटको आकान्छी छु: काङ्ग्रेस नेता अरुण केशी

महेश सिंह /सिरहा लहान ,२१ असोज – नेपाली काङ्ग्रेसका नेता अरुण केशीले सिरहा क्षेत्र नम्बर १ क को प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फबाट आफुले टिकट पाउनु पर्ने पत्रकार समेलनमा माग राखेका थिए।

२०४३ साल देखि मजदुर राजनीति गर्दै लहानमा रिक्सा संघ समेत गठन गरि राजनीति सुरु गरेका हुन्। २०४८ साल देखि नेपाल विद्यार्थी संघ बाट विद्यार्थी राजनीति सुरु गरेका केशी नेवी संघका जिल्ला उपसभापतिको जिम्मेवारी समेत समालेका थिए।

नेता अरुण केशीले २०४६ साल लगत्तै काङ्ग्रेसको मुल धारको राजनीतिमा प्रवेश गरेका थिए। २०५४ को निर्वाचनमा अबिवाहीत वाडा अध्यक्ष बन्न सफल नेताको रूपमा चिनिएका हुन्।पुनः २०७४ को निर्वाचनमा दोस्रो पल्ट वाडा अध्यक्ष बन्न सफल भएका हुन्। २ कार्यालय महादिबेशन प्रतिनिधिको जिम्मेवारी निर्वाह समेत गरेका हुन।

२०४६ को जन आन्दोलनमा सभागी रहेर आन्दोलनलाई थप उतक्र्स बनाएका थिए। २०६२ /२०६३ सालको आन्दोलन समेत अहम् भुमिका खेलेका थिए।आफू टिकट पाउनु पर्ने पत्रकार समेलनमा जोडदार माग राखेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित