Rashtriya Dainik

नवलपरासीको सुस्तामा बाढीकाे खतरा , घरमा पस्दै पानी

राष्ट्रिय दैनिक / नवलपरासी , २१ असाेज

लगातारको वर्षाको कारण नारायणी नदीको बाढि पश्चिम नवलपरासीको सुरस्ताकाे बस्तीमा पस्न सुरु भएको छ ।

अहिले बाढी सुस्ताको थारु टोलका ४ ओटा घरमा बाढि पसेको स्थानीयले जानकारी दिइएका छन।

पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकाले सुस्ता गाँउ जोखिममा रहेको सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो ।

प्रदेश सरकारले बनाएको जनता आवास सम्म पानी नपुगेपनि कच्चि घरमा पानी पसेको उहाँले जानकारी दिनुभयो ।

पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँधमा अहिले प्रतिसेकेन्ड ४ लाख ४० हजार क्युसेक पानीको बहाव रहेको गण्डक बाँधका नेपाली सम्र्पक अधिकारी अमित खड्काले जानकारी दिनुभयो ।

बाँधको संरचना पुरानो र कमजोर भएकाले तिन लाख ६७ हजार क्यूसेक पानी पुगेपछि खतराको तह मानिन्छ । पानीको वहाब बढ्न थालेपछि विहिबार हिजो बिहानै बाट गण्डक बाँधका सबै ३६ ओटा ढोका खोलिएको छ । गण्डक बाँधका कारण पश्चिम नवलपरासीका दुई दर्जन बढि गाँउ डुबानको जोखिममा पर्दे आएका छन् ।


गण्डक बाँध क्षेत्रको स्थलगत निरिक्षण गरी जोखिम बढेकाले नदि तटिय क्षेत्रमा तिनै तहका सुरक्षा टोलीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित