उत्तमकुमार थापा /बझाङ
सुदुरपश्चिम प्रदेशमा भारिबर्षा परिरहेको छ । हिजाे आज बझाङ जिल्लामा पनि निकै बर्षाद भएको तपाईं हामीलाई थाहै छ ।
हाम्रो जिल्ला बझाङ विकट जिल्लामा पर्दछ,जसले विकटताकाे शन्दर्भ ग्रामीण सडकले गर्दा हाम्रो दुरदराजका बस्तीमा क्षेति पुग्न सक्छ । हिजाे आज परिरहेको लगातारको पानिले गर्दा कहि कतै क्षेती भएको खण्डमा तुरुन्तै जिल्ला प्रशासन कार्यालय र नजिकैको प्रहरी चाैकी तथा स्थानीय सरकारमा सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी गराउनु भएको छ ।
देशमा माैषम बदलिभएकाे कारण केही दिन वर्षा हुने भएको हुदा प्रमुख जिल्ला अधिकारी अर्यालले यसरी आग्रह गर्नुभएको छ । यस जिल्लामा साझदेखि निरन्तर वर्षा भैरहेकाले यस समयमा भूक्षय एंव पहिरो जान सक्ने, वाढी आउन सक्ने लगायत विपदका घटनाहरू घट्न सक्ने संभावनालाई दृष्टिगत गरी हरेक स्थानीय पालिका, विपद् व्यवस्थापनमा संलग्न सरकारी एवं गैरसरकारी निकाय, विषयगत क्षेत्अलाई उच्च शर्तक अवस्थामा रहन अनुरोध गर्दछौ । साथै खोला नदि किनार एंव पहिरो आसपास वस्ने वासिन्दालाई उच्च शतर्क अवस्थामा रहन, वाढी आएको समयमा नदिनाला नजिक नजान, माछा मार्ने पौडी खेल्ने काठ दाउरा संकलन गर्ने गराउने कार्य नगर्न नगराउन हार्दिक अनुरोध छ । साथै विपद् सम्वन्घि घटनावारे तुरून्त नजिकको प्रहरी, पालिका साथै जिल्ला प्रशासन कार्यालयमा खवर गरौ । विपद्ववाट बचौ र बचाऔ सबैलाई सचेत रहन उहाँको अनुराेध छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

