उत्तमकुमार थापा/ बझाङ
प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ ।
आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेकाे जिल्ला अदालत कार्यालयमा मुख्य निर्वाचन कार्यालयकाे स्थापना गरिएको हाे । मँसिर ४ गतेका लागि तय भएको निर्वाचन लाई मध्यनजर गर्दै एक कार्यक्रमका विच कार्यालय स्थापना गरिएको थियाे ।
जिल्ला अदालतमा स्थापना भएको मुख्य निर्वाचन कार्यालयमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रशाद यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरवहादुर बाेहरा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर सुरक्षा निकाय प्रमुख लगाएत नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
निर्वाचन आयाेग नेपालले मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिसकेपछि उम्मेदवारीको मनाेनयनपत्र दर्ता यहीँ २३ गते विहान १० बजे देखि वेलुकी ५ बजे सम्म दिएको छ भने, उम्मेदवारीको सुचि प्रकाश २३ गते बेलुकी ७ बजे गरिने छ ।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सदस्य निर्वाचन २०७९ मा सम्मानित निर्वाचन आयाेगबाट मिति २०७९/५/३१ मा स्वीकृत मतदाता नामावली अनुसार मतदान स्थल १३५ रहेका छन भने,मतदान केन्द्र १८४ रहेका छन । जिल्लामा मतदान गर्नेकाे सँख्या १ लाख २२ हजार ३ सय ७६ रहेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमल गाैतमले जानकारी दिनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

