Rashtriya Dainik

नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ ,२० असोज, । अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालनमा आएको छ ।

१७ किलोमा पहिरो गएर अवरुद्ध भएको सडक बिहान सवा ११ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।

सडक आज बिहान ८ : २० बजेदेखि अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सडकमै रोकिएका सवारी साधन गन्तव्यतिर पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडक अवरुद्ध हुँदा दशैंको टीका र आशीर्वाद थाप्न हिँडेकाहरू अलपत्र परेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित