Rashtriya Dainik

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाद्वारा विजय दशमीकाे शुभकामना आदानप्रदान

नवलपरासी , १५ असोज

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा बिजया दशमी,दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सुस्ता गाउँपालिकाकाे अायाेजनामा अायाेजित कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा शुभकामना आदानप्रदान कार्यक्रममा पालिका भित्र रहेका विभिन्न राजनीतिक दलका दलिय प्रतिनिधि,निर्वाचित जनप्रतिनिधि,निबर्तमान जनप्रतिनिधि,पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत गर्दै सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले यो पर्वको अवसरमा सम्पुर्ण सुस्ताका सेवाग्राहीहरुको घरमा शान्ति तथा सबैले मिठा भोजनको आनन्द साथ एक किसिमको प्रेम सद्भाव कायम रहोस् भनि कामना गर्नु भएको थियो ।

त्यस्तै सुस्ता गाउँपालिकाकि उपाध्यक्ष गिता कुमारी चौधरीले यो पर्वलाई एक आपसमा मिलेर मनाउन र सुखी सुस्ताबासी र समृद्ध सुस्ता बनाउन सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीमा थप उर्जा प्रदान होस भन्ने कामना गरेकी थिइन् ।

त्यसैगरी कार्यक्रमका अतिथि एवं निबर्तमान सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बिजया दशमीको पावन अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो शुभकामना आदानप्रदान कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले यो पर्व हर्ष उल्लासको साथमा मनाउनु पर्ने आफ्नो पदलाई मर्यादित रूपमा राख्दै पर्वमा पनि रमाउन जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्नुको साथै पर्वको अवसरमा मात्र नभई अरु बेलामा पनि हाम्रा सुस्ताबासीहरुको जिवनमा खुशियालीपन रहोस् भन्दै बिजया दशमीको शुभकामना व्यक्त गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित