Rashtriya Dainik

प्रहरी चौकी ईनार्वाको मिलोमतोमा रातभरी हुन्छ तस्करी (भिडियि सहित हेर्नुहोस)

वीरगंज १५ असोज

प्रहरी चौकी ईनार्वा गाऊको मिलोमतोमा रातभरी लत्ताकपडा ,हाडयेवर , माछा तथा कबाडीको लगाएतको व्यापक रुपमा तस्करी भईरहेको छ।
प्रहरी चौकी ईनार्वा गाऊको प्रहरी चौकीका प्रमुख एवम प्रहरी सहायक निरीक्षक बलबहादुर गुरुङको मिलोमतोमा भारतवाट नेपाल तर्फ लत्ताकपडा ,हाडयेवर र जुत्ता चप्पल लगाएतका सामानहरु भित्राउने गरेको छ भन्ने वीरगंजवाट करिव १०० वटा ठेलाहरुमा कबाड लोड गरि ईनार्वा गाऊको बाटोमा ठेला लगाई अावतजावत नै बन्द गरि भित्राउने गरेको यो भिडियो किलिपले स्पष्ट देखिन सकिन्छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले तस्करीमा कडाई गर्ने निर्देशन दिदै अाएपनि उनको निर्देशन विपरीत प्रहरी चौकीका ईन्चार्जाले अार्थिक प्रलोभनमा परि रातभरीनै तस्करीको लाईन दिई सिमानाकाहरुवाट मालसामानहरु कटाउने गरेका छन्।
प्रहरी चौकी ईनार्वाका प्रमुख एवम प्रहरी सहायक निरीक्षक गुरुङले अाफनो हाकिमको निर्देशन विपरीत अार्थिक प्रलोभनमा परि रातिको समयमा अाफैले तस्करीको लाईन जवानहरुलाई बाटो खटाई तस्करीको सामानहरु कटाउने गरेको एक भिडियो रेकर्डिङले खुलेको छ ।
यस्ता गतिविधि तर्फ समबन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित