उत्तमकुमार थापा /बझाङ
सदरमुकाम चैनपुरबाट तलकाेट जानेक्रममा जिप दुर्घटना भएको छ ।
जिल्लाकाे सदरमुकाम चैनपुरबाट तलकाेट गएको जिप तलकाेटकाे रातापानि भन्ने स्थानमा दुर्घटना भएको हाे । शुभकामना बेलुकी तलकाेटकाे रातापानी भन्ने ठाउँमा राेकेकाे जिप दुर्घटना हुदा साईपाल गाउँपालीका वडा नम्बर ३ घर भएका अन्दाजी १८/१९ बर्षिया ज्ञानेन्द्र बाेहरा घाइते भएका छन ।
जिप सडक बाट करिव ४०/४५ मिटर तल खसेर सेती नदिमा खसेकाे छ । जिपमा सवार साईपालका अन्य यात्रु हाम फालेर बाचेका छन । उनी भने, सिटकाे विचमा भएको कारण सेती नदिकाे छेउमा परेर घाइते भएको उज्ज्वल सागर बाेहराले बताए । जिपमा सवार ड्राइभर लगाएत ५ जना रहेका थिए । घाइते बाेहराकाे उपचार जिल्ला अस्पताल बझाङमा भईरहेकाे छ । थप विवरण आउन बाकी छ । घाइतेको साथमा उज्ज्वल सागर बाेहरा अस्पतालमा छन । जिप खसेको स्थान बाट ४० मिटर तल खसेकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

