संजय कुशवाहा / नवलपरासी १४ असोज
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले बिजया दशमी,दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
प्रतापपुर गाउँपालिकाको अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतामा गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पालिका भित्र रहेका विभिन्न निबर्तमान जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे विजया दशमी शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा दुर्गा माताले सबैलाई धैर्यधारण गरि एक आपसमा मिलेर मनाउन शक्ति प्रदान गरून् साथै काराेना भाइरसकाे विश्व आतंक चाडै बन्द हाेस् कामना गर्दै बडा दशैको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीले विजया दशमी शुभ दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा सुख शान्ति ऐश्वर्य तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो शुभकामना कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
साथै यी पर्वले हाम्रो आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वास समेत व्यक्त गर्न चाहन्छौं ।
एवम् गाउँपालिकाको विकास र समृद्दीमा सम्पूर्ण प्रतापपुर बासीहरुको साथ, हौसला र सकारात्मक सयोगको सदैव अपेक्षा गर्दै प्रतापपुर बासीहरुको जिवनमा खुशियालीपन रहोस् भन्दै बिजया दशमीको शुभकामना व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

