Rashtriya Dainik

सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा बाराको बलिरामपुर , मुशहर्वा र छतवा नाकावाट ब्यापकरुपमा तस्करी शुरु

कृष्णा यादव
बीरगंज असोज
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा बाराको मुशहर्वा वलिामपुर, बरैनिया, छतवा, नाकाबाट व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।

तस्करहरुले अहिले बाराको मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा , हाडयेवर , जुता , गाई भैसी भित्रयाउने गरेकाछन । प्राप्त समाचार अनुसार हिजो राति छतवा नाकावाट केहि व्यापारीहरुले १० अोटा मोटरसाइकलमा कपडा लोड गरि नहरको बाटो गरि सशस्त्र प्रहरी र नेपाल प्रहरको मिलोमतोमा भारतवाट नेपाल भित्राएको स्थानियले नाम नछाप्ने शर्तमा बताएकाछन ।

अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , गाई , भैसी लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी बल बिओपी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक सुमन ढुइ्गना र नेपाल प्रहरीका बरिस्ठ सई रोशन अधिकारीले रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।

बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी बाराका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन ।
बाराको मुशहर्वा,बलिरामपुर नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा , भैसी सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , कुखुराको चल्ला , हाडयेवर, बिष्पोटक पदार्थ पटका लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।

बारा जिल्लाका नामुदत तस्करहरु बाराको बलिरामपुर नाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ ।

बाराको बलिरामपुर र मुशर्हवाको, बरैनिया , छतवानाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रंजनिगंधाको , भैसी , चल्ला तस्करी भइरहेपनी सो नाकाको प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी र नेपाल प्रहरी माथी नै प्रश्न चिन्ह खडा भएको छ । बाराको बलीरामपुर मुशहर्वा र भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक लाखौं रुपैया कपडा , हाडयेवरको , भैसी तस्करहरुले जितपुर सम्म पुर्‍याउने गरेको स्थानियहरुले बताउछन ।

यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित