Rashtriya Dainik

सखुवानानकारकट्टी २ मा संचालित कृषक उधमसिलता तालिममा स्थानीयद्वारा बिरोध

महेश सिंह सिरहा लहान १४ असोज – सिरहाको सखुवानानकारकट्टी गाउँपालिका वाडा नम्बर २ मा समृद्धि समाज निर्माण सप्तरीद्वारा कृषहरुलाई प्रबिधी स्पोर्ट उधमशिलता ३ दिने तालीम बिवास्पद देखिएको थियो।
वाडा अध्यक्ष तनुक लाल यादवले तालीमा सहभागी मध्ये बाट आफनै पार्टीको मान्छे लाई तालीममा सहभागी गराएको स्थानीयले आरोप लगाएका छन्।

माओवादी केन्द्रबाट वाडा अध्यक्षका प्रत्यासी राम परिक्षण महतो, अशोक महतो ,जसपाका नेता देब नारायण यादव,जनमत पार्टीका नेता दुर्योधन यादव लगायतका सयौं नेता कर्याकर्ताहरुले तालिमलाई बिरोध गरेका थिए।

वाडा अध्यक्ष तनुक लाल यादवका अनुसार आफुले सबै बर्ग समुदायको मान्छेलाई तालीममा समाबेश गराएको छु उनले बताए। जनताको कुनै पार्टी हुँदै जनता भनेको सबै पार्टी हो आफू सक्दो समाबेसी गर्न खोजे उनले प्रष्ट पारेका थिए।

यता अध्यक्षका प्रत्यासी राम परिक्षण महतोका अनुसार अध्यक्ष तनुक लाल यादवले अरु राजनीति पार्टीहरुसंग कुनै किसिमको सल्लाह बिचार नगरी आफ्नै मनोमानी हिसाबले नेपाली काङ्ग्रेस संग आवद्ध किसानलाई तालीममा उपस्थिति गराएको प्रति बिरोध जनाए थिए।

अब आउने कार्यक्रमहरुमा पुर्ण पार्दर्सिता हिसाबले सबै दलका ब्यक्तीहरुलाई राजनीति कर्मीहरुको उपस्थिति गराई कार्यक्रमहरु संचालन गर्ने उनले जनता लाई अस्वास्न दिएका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित