Rashtriya Dainik

गरिबले बचत गरेको ५ कराेड ५९ लाख बढी रकम फिर्ता

उत्तमकुमार थापा
हिनामिना गरेकाे बचतकर्ताकाे पैशा फिर्ता भएको छ । बझाङ जिल्ला हुलाक कार्यालयले गरिबकाे पैशा धमाधम फिर्ता गर्दै छ ।

जिल्ला हुलाक कार्यालयमा जिल्लाकाे विभिन्न स्थानबाट केही फाईदा हुन्छ बचत पनि हुन्छ भन्दै यस कार्यालयमा गरिबले जम्मा गरेको रुपैयाँ केही कर्मचारीले हिनामिना गरेका थिए । कार्यलयका कर्मचारीले गरिबले बचत गरेको पैशा हिनामिना गरेपछि बचतकर्ताले जम्मा गर्न छाेड्नु परको थियाे ।

हुलाक कार्यालयमा गरिवले जम्मा गरेको ४ कराेड ९५ लाख १४ हजार ८ सय ४१ रुपैयाँ ४४ पैशा भ्रष्टाचार गर्दै हिनामिना गरेका थिए । कसैले पशलमा भाडा माझेर जम्मा गर्नु भएको थियाे भने कसैले दाउरा बेचेर जम्मा गरेका जनताको पैशा यसरी हिनामिना गरेपछि कर्मचारी बिरुद्व अदालतमा मुद्दा दायर भएको थियाे भने, अख्तियारमा पनि मुद्दा परेको थियाे ।

जिल्लाका गरिब जनताले दुख कष्ट गर्दै जम्मा गरेको पैशा हिनामिना भएको भन्दै विभिन्न निकायमा मुद्दा दायर भएकाे थियाे । बचतकर्ताले जम्मा गरेको पैशा फिर्ता गर्नु पर्छ भन्दै,बचतकर्ता आन्दाेलीत भएका थिए भने,पैशा फिर्ता गराउन हुलाक कार्यालय प्रमुख राजेन्द्र बहादुर बाेहराले विभिन्न निकाय धाउनु भएको थियाे । त्यसै गरि पुर्व प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी हालका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल काेष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख शेरबहादुर बिष्ट यस जिल्लाका नेता पत्रकार सञ्चारकर्मी सबैले सहयाेग गर्नु भएको थियाे ।

निरन्तर सम्वन्धित निकाय बाट दवाव गएपछि हालै केन्द्रीय धनादेश कार्यालय बाट रकम प्राप्त भएको हाे । हाल केन्द्रीय धनादेश कार्यालय बाट प्राप्त रकम ५ कराेड ५९ लाख ८५ हजार ४ सय २१ रुपैयाँ हुलाक कार्यालय बझाङमा पुगेको कार्यालय प्रमुख राजेन्द्र बाेहराले बताए । रकम उपलब्ध गराउन अर्थात भुक्तानी गराउन पहल गर्नुहुने हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे लाई बझाङ बासिन्दाले बधाई दिनु भएको छ ।

जनसमुदायले बचत गरेको कराेडाैँ पैशाका ब्याज ६४ लाख ७० हजार ५ सय ७९ रुपैयाँ ९६ पैशा रहेको छ । गरिव जनताको रुपैयाँ फिर्ता गर्न काेष तथा लेखा कार्यालय प्रमुख शेर बहादुर बिष्टले धेरै भुमिका खेल्नु भएको थियाे । हुलाक कार्यालयमा रुपैयाँ आएपछि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको हातबाट ७० बर्षिया बृद्ध बाजेलाई दिदै २०७९ साल ६ महिना १३ गते बाट गरिवकाे पैशा फिर्ता गर्न थालिएको हाे । पहिलाे दिन ३० जना महिला ११ जना पुरुष गरि जम्मा ४१ जनालाई भुक्तानी दिएको थियाे । त्याे दिन ६३ लाख ३१ हजार ४ सय ६० रुपैयाँ भुक्तानी भएको थियाे । मिति २०७९ साल ६ महिना १४ गते ५५ जना महिला र १७ जना पुरुष लाई गरि जम्मा ७२ जनालाई ६८ लाख २४ हजार ७ सय ५९ रुपैयाँ भुक्तानी दिएको हुलाक कार्यालयले जानकारी दियाे ।

जिल्ला हुलाक कार्यालय बझाङमा सरकारले गरिवकाे भ्रष्टाचार भएको अर्थात हिनामिना भएको रुपैयाँ फिर्ता भए पछि बचतकर्तामा खुसि छाएको पाईन्छ । हुलाक कार्यालय बझाङमा १७०१ जनाले बचत गर्नुभएको सबैकाे पैशा फिर्ता गरिदै छ । यसरी पहल गर्नुहुने सबैलाई बचतकर्ताले बधाई दिनु भएको हुलाक कार्यालयका कर्मचारी झलक राेकायाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित