Rashtriya Dainik

उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष रामकुमार गुप्ता एमालेमा प्रवेश

कृष्णनगर, असोज १४

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने रामकुमार गुप्ता लाई आज नेकपा एमालेका राष्ट्रीय अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् l
रामकुमार गुप्ता कृष्णनगरमा सक्रिय राजनीति गर्दै आएका व्यक्ति का रूपमा परिचत छन भने हाल उहां उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष पदमा रहेका छन्l
उहां लाई पार्टीमा आउन लामो समयदेखि राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष तथा प्रदेश शभा सदस्यका प्रबल दावेदार
मिर्जा राशिद बेगले पहल गर्दै आएका थिए l
गुप्ता पार्टी प्रवेश गरेपछि कृष्णनगरमा एमाले समर्थकमा थप उर्जाका साथ आउने चुनावमा पार्टी लाई सहयोग हुने विश्वास पार्टी समर्थकले गरेका छन् l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित